पश्चिम नेपाल पुगेर माधब नेपालले भेटेकै हुन त बिप्लवका उच्च तहका नेता !

यस्तो छ बार्ताको लागि बातावरण तयार पार्न लागिपरेको अनुमान

नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नेपाल पुगेर बिप्लव नेकपाका उच्च तहका नेता भेटेर फर्केको बताइएको छ । एक उच्च स्रोतका अनुसार नेता नेपाल सुरक्षाकर्मी,पार्टीका नेता कार्यकर्तालाई समेत जानकारी नदिई सुटुक्क नेपालगञ्ज पुगेर फर्किएका छन । 

श्रोतका अनुसार उनि पार्टीको कुनै काम नभएर आउनुको पछाडी बिप्लवका उच्च तहका नेता भेटेको अनुमान गरिएको छ ।पछिल्लाे समय बार्ताकाे लागि बातावरण तयार गर्न समेत  नेता नेपाल लागि परेकाे बताइएकाे छ । 

पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल सुरक्षाकर्मी समेत साथमा नलिई नेपालगन्ज पुग्नुलाइ रहस्यका साथ हेरिएकाे छ  । उनि  बिहिवार साँझ हवाईमार्गबाट नेपालगञ्ज पुगेका थिए ।  बाँकेकाे काेहलपुर क्षेत्रमा बसेर बरिष्ठ नेता नेपाल शुक्रबार विहान मात्रै राजधानी फिर्ता भएका थिए  ।

नेकपाका  बरिष्ठ नेता समेत रहेका  नेपाल पार्टीको जिल्लास्थित नेतृत्वलाई खबर नगरी पिएसओ समेत साथमा नलिई आएकाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उच्च नेताहरुसँग भेटघाटका लागि आएको हुन सक्ने अनुमान चाैतर्फी  गरिएको छ ।