सभापति कोइरालामाथीको आक्रमण बिरुद्ध नेपाली काँग्रेस बाँकेद्धारा बिरोध प्रर्दशन

दोषीलाई कारबाही गर्न माग

नेपालगन्ज, बाँके नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालालाई जागरण अभियानमा सहभागी भएका बेला आक्रमणमा गरिएको भन्दै नेपाली काँग्रेस बाँकेले बिरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसले बाँकेले दोषीलाई कारबाही हुनुपर्ने बताउदै बिरोध प्रर्दशन गरेको हो ।

काँग्रेसले आज नेपालगन्जको बिपीचोकमा टायर बाली बिरोध प्रर्दशन गरेका थिए । उनिहरुले दोषीमाथी हदैसम्माको कारबाही हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए । नेपाली काँग्रेस बाँकेले आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानअन्तर्गत बिहीबार खजुरामा आयोजना गरेको सभामा नेकपाका कार्यकर्ताको आक्रमणमा परी कोइरालाको हात भाँचिएको थियो ।

कांग्रेसले जागरण अभियानलाई विथोल्ने गरी गरिएको आक्रमण प्रति नेपाली कांग्रेसले खेद ब्यक्त गर्दै आक्रमणमा सहभागीलाई कारवाहीको माग समेत गरेको छ।

आक्रमण गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै काँग्रेसले नेता तथा कार्यकर्ताको जीउ, धनको रक्षाको माग समेत गरेको छ।