डेंगुकाे संक्रमणबाट ६ जनाको मृत्यु , ७० हजारभन्दा बढी प्रभावित

काठमाडाैं, डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ । ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ। उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको अनुमान छ।

सातै प्रदेशका ६२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। सबैभन्दा बढी प्रदेश ३ प्रभावित छ। गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमण बढ्दो छ ।

काठमाडौंमा मात्रै १ हजार १ सय ७० जना संक्रमित छन् । एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार डेंगु भाइरसका चार प्रजाति छन् ।