आफनो तलब भत्ताबाट ११ दलित परिबारलाई मोवाइल सेट बितरण
प्रकासित मिति : २०७६ भाद्र २६, बिहीबार १४:२१
प्रकासित समय : १४:२१
मुगु , रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले छायांनाथ रारा नगरपालिका वडा न,८ सिगाडि गाउँका ११ दलित घरपरिवारलाई लाभा भिजोल मोबाइल उपलब्ध गराएका छन । उनले आफुले बुझने गरेको तलब भत्ताबाट बिपन्न परिबारलाई मोवाइल उपलब्ध गराएका हुन ।
अध्यक्ष भामले सबै तलब भत्ताबाट लाभा मोबाइल उपलब्ध गराएको बताएका छन । उनले सामाजिक उतरादायित्व सन्दर्भमा आफुले बिपन्न बर्गलाई सहयोग स्वरुप उपलब्ध गराएको बताएका हुन ।
पाँच बर्षमा हुने पारिश्रमीक तलब छायानाथ रारा नगरपालिकाका वडा नं १ देखि १४ सम्मालाई प्रत्यक बर्ष ५० हजारका दरले राहत तथा सहयोग हस्तानतरण गर्ने बताएका हुन ।
उनि बिगत केहि समयदेखि निरन्तर रुपमा आफनो तलब भत्ता सामाजिक काममा प्रयोग गर्दै आइरहेका छन ।