बहुविवाहको अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल, बहुविवाह गरेको अभियोगमा प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् ।बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उनकी श्रीमति सीता केसीले बहुविवाहको मुद्दाा दिएकी थिइन् । श्रीमतिले दिएको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरिएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

‘गिरीलाई अदालतमा पेश गरिने छ , अदालतको फैसाला जस्तो आउँछ त्यही अनुसार गरिने छ , डिएसपी कार्कीले भने, ‘कानुनले ठूलो सानो केही भन्दैन ।’
गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवती दोस्रो विवाह गरेको अभियोग छ ।