जब आफै बेल्चा समातेर बाटो बनाउन जुटे अध्यक्ष सेजुवाल

कालीकोटको पचालझरना गाउपालिका अध्यक्ष खडगराज सेजुवाल आफै जनश्रममा जुटने गरेका छन । उनि पछिल्लो समय जनताको बिचमा जनश्रम समेत गरिहेका समेत भेटिन्छन ।

आइतवार पचालझरना गाउँपालिका ४ लाफाको सडकमा पहिरो गएपछि अध्यक्ष सेजुवाल आफै पुगेर गएको पहिरो पन्छाउन थाले । जब अध्यक्ष सेजुवाल आफै घैटी बेल्चा लिएर सडक बनाउन थाले वरपरका स्थानीय खुशिले गदगद भए । अध्यक्ष सेजुवालको सक्रियता देखेर स्थानीय खुशिले गदगद मात्रै भएनन उनिहरु पनिसंगै हातेमालो गरेर सडक बनाउन जुटे ।

पछिल्लो समय पचालझरना गाउँपालिका अध्यक्ष सेजुवाल आफना सेवा सुबिधाहरु कटौति गरेर जनताको हितका लागि निरन्तर खटिरहेका छन । उनले केहिसमय अगाडि मात्रै गाउपालिकाले स्कार्पियो किन्न छुटयाएको रकमले गाउँपालिकाको निम्ती एम्बुलेन्स खरिद गरेका थिए । लाफामा सडकमा पहिरो गएर केहि समय यातायात बन्द समेत भएको थियो । अध्यक्ष सेजुवालको सक्रियताले सडक सुचारु भएको थियो 

निरन्तर जनताको बिचमा रहेर जनमुखि काम गरिरहेका सेजुवालको क्रियाशिल्तादेखि पालिकाबासी सबै सन्तुष्ट भएको स्थानीय दिपराज बमले बताए । उनले आफु बिरोधी भएपनि अध्यक्षकाृ कामप्रति सन्तुष्ट रहेको बताए ।