२ वटा पेस्तोल सहित ७ जना पक्राउ

काठमाडौं, प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।

शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार काठमाडौं प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।