डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

बुटवल, डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए ।

आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गरेपनि रगतमा प्लेटलेट्सको मात्रा नबढेपछि साँझ साढे ५ बजे निधन भएको अस्पतालले जनाएको छ ।