अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द १११ दिनपछी रिहा
नेपालगन्ज, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द आज रिहा भएका छन् ।
बर्दिया जिल्ला प्रशासन कार्यालयवाट दश हजार धरौटी तिरेर १११ दिनपछी रिहा भएका हुन् ।
उनलाई जेठ १ गते ५४ अौ विद्यार्थी दिवसको अवसरमा काठमाडौंको शान्तिवाटिकामा भैरहेको कार्यक्रम स्थलवाट प्रहरीले गिरफ्तार गरेका चन्दलाई अदालतले पटक-पटक साधारण तारेख वा धरौटिमा रिहा गर्ने वित्तिकै पुन गिरफ्तार गर्दै आएको थियो ।
काठमाडौं महानगरीय ट्राफिक प्रहरी वृत दरबारमार्गमा पच्चिस दिनको हिरासत बसाई पछी जिल्ला प्रशासन कार्यालय काठमाडौंवाट दश हजार धरौटीमा रिहा हुने वित्तिकै चन्दलाई पुन पक्राउ गरी बांके जिल्ला अदालतमा उपस्थिति गराई आगो लगाएको संगठित अपराध मुद्धामा पचास हजार धरौटिमा रिहा गर्न आदेश दिएको थियो ।
भाद्ध १५ गते बांके जिल्ला अदालतमा पचास हजार धरौटी तिर्ने वित्तिकै पुन गिरफ्तार गरी बर्दिया जिल्ला पठाएको हो । आज बर्दिया जिल्ला प्रशासन कार्यालयबाट दश हजार धरौटी तिरेर रिहा भएका हुन् ।
सरकारले विप्लव नेतृत्वको विद्रोही नेकपामा माथी प्रतिवन्ध लगाए संगै उक्त पार्टी र पार्टी निकट जनबर्गिय संगठहरुका नेता तथा कार्यकर्तामाथि ब्यापक गिरफ्तारी बढाएको हो । हाल सम्म उक्त पार्टी वा पार्टी निकट जनसका ८०० बढी नेता तथा कार्यकर्ता प्रहरी हिरासतमा छन् ।