विकासको लागी ठुलो लगानी सहित विकासको गतिलाई अगाडी बढादनु पर्छ : मुख्यमन्त्री शाही
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विकास निर्माणका लागि ठुलो लगानी सहित तिव्र गतिमा विकास कार्यलाई अगाडि वढाउनुपर्ने वताएका छन् । उनले कर्णाली खुद्रा व्यापार जस्तो विकास गरेर कर्णाली वनाउन नसकिने बताएका छन् ।
उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको आईतवार भएको विदाई कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताए ।
कर्णालीको विकास र समृद्धिको लागि वृहत गूरु योजनाको आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताको आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालि रहनुभएका मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जिवनस्तरमा परिवर्तन गर्ने खालका ठुला योजना सरकारले लगानी केन्द्रीत गर्ने नीति लिएको स्पष्ट पारे ।

