ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुलाई बिदाई

नेपालगन्ज, नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ ।उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको होटल के कम्प्लेक्स खनाल रोयल रेष्टुरेन्टमा मायाको चिनो दिएर विदाई गरिएको हो ।नेपालगन्ज टेक्निकल कलेजले २०६५ साल देखि सामान्य चिकित्सा र २०७२ साल देखि ल्याव टेक्निसियन अध्यापन गराउदै अाईरहेको छ । कलेजमा सिभिल अोभरसियर, कम्प्युटर ईन्जिनियर पनि २०६५ साल देखि नै अध्यापन हुदै अाईरहेको कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डेले बताउनुभयो ।नेपालगन्ज टेक्निकल कलेज प्राविधिक शिक्षाको लागी विद्यार्थीहरुको रोजाइ रहेको अभिभावकहरको भनाइ रहेको छ । शान्त वातावरण तथा अत्याधुनिक प्रयोगशाला, दक्ष शिक्षकले अध्यापन गराउने, सिसि क्यामरा जडान भएको, खेलकुदको लागि अाफनै प्राङ्गण रहेकोले कलेज रोजेर अध्ययन गर्न अाएको सिभिल अोभरसियरमा अध्ययनरत विद्यार्थी उज्ज्वल सिंह साउदले बताए ।

कार्यक्रमका प्रमुख अतिथि कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डेले शिक्षक र विद्यार्थीहरुमा पारीवारिक वातावरणमा अध्यापन गर्ने कलेजको चाहाना भएको वताए । उनलेबआफ्नो कलेजलाई प्राविधिक शिक्षा दिनका लागि देशकै उत्कृष्ट कलेज बनाउनका लागि लागिपरेको वताए ।

कार्यक्रममा विदाइ भएर जाने विद्यार्थीहरुलाई मायाको चिनो र खादाले सम्मान गरीएको थियो ।