सामुहिक गौहत्या गर्नेलाई मन्त्री राई द्धारा कार्बाहीको माग

नेपालगन्ज, सहरी विकाश मन्त्री इस्तियाक राईले नेपालगन्ज काञ्जी हाउसमा रहेका गाई सुर्खेतको कटकुवा जंगलमा मृर्त भेटिए पछी कार्वाहीको माग गरेका छन् ।

गएराति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई सुर्खेत वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका थिए । साथै १५० वटा गाई घाइते अवस्थामा रहेका छन् ।

यसैक्रममा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले एक विज्ञप्ति जारी गर्दै यो काम कानून विपरीत भएकोले कारवाहीको माग गरेका छन । उनले राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट आइरहेको अभिव्यक्ति र आक्रोश एवम् सामाजिक सञ्जालमा आएका समाचारका सम्बन्धमा अविलम्ब सम्बन्धित निकाय एवम् जिम्मेवारी पक्षमाथि छानबिन एवम् कारवाही हुन अनुरोध गर्दछु ।’

यस्तो छ विज्ञप्ती