गौहत्या प्रकरणः गृहमन्त्रालयद्वारा छानबिन समिति गठन्

काठमाडौं, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका २९१ गाईगोरुलाई सुर्खैत हुँदै दैलेखको श्रीस्थान लैजान लागेको तर वीरेन्द्र नगरको जंगलमा मृत र घाइते अवस्थामा फेला परेको जानकारी आएको जनाएका छन् ।

विज्ञप्तिमा घटनास्थलमा गाईगोरु छाडेर फर्किँदै गरेका ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि उल्लेख गरिएको छ ।

मन्त्रालयले घटनाबारे छानबिन गर्न गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति गठन गरिएको जनाएको छ । समितिलाई १५ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने पनि स्पष्ट पारेको छ । छानबिनबाट कुन व्यक्ति, पदाधिकारी एवम् निकायको संलग्नता रहेको भन्नेबारे खुल्ने मन्त्रालयले विश्वास लिएको छ ।

यस्तो छ विज्ञप्ती