गाई मारिएको विषयमा दोषीमाथि कारबाही गर्न सामाजबादी पाटीको माग

बाँके ,नेपालगन्जस्थित कान्जीहाउसबाट दैलेख लैजाने क्रममा गर्ने दर्जनौ गार्ईलार्ई भीरबाट खसालेर मारिएको भन्ने विषयमा यथासिघ्र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्ने माग गर्दै समाजवादी पार्टी बाँकेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ ।

समाजवादी पार्टी बाँकेका कार्यवाहक अध्यक्ष राजन राणा मगरको नेतृत्वमा शुक्रवार अपरान्ह जिल्ला प्रशासन कार्यालय बाँके पुगेको एक प्रतिनिधि मण्डलले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललार्ई ज्ञापन पत्र बुुझाएको हो ।

जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बुझाईएको ज्ञापन पत्रमा नेपालगन्जबाट ट्रकमा राखेर लगिएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएको घट्नाप्रति समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
ती गाईलाई कस्को निर्देशनमा के कति कारणले सुर्खेत पठाईएको र घट्नामा जिम्मेवार को को हुन् ती सबैको बारेमा अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने माग पनि ज्ञापन पत्रमा लेखिएको छ ।

ज्ञापन पत्र बुझाउँदै समाजवादी पार्टीका नगर अध्यक्ष श्रवण कुमार यादव, उपाध्यक्ष रसिद अहमद कुरैशी, र युवा अध्यक्ष गोपाल बहादुर क्षेत्री, विद्यार्थी अध्यक्ष फैज हैदर, त्यसैगरी महिला अध्यक्ष उषा गौतम, र सदस्य लक्ष्मी काफ्ले प्रदेश समिति सदस्य माजिद अलि शेख लगायतले घट्नाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै त्यसमा ढिलाई गरिए अवस्था गम्भीर हुने चेतावनी समेत दिएका थिए ।

ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गार्ईलाई दैलेखमा व्यवस्थापन गर्ने उदेश्यले लिएर गएको थाहा भएको बताउँदै घट्ना कसरी भयो र के कारणले गाई मरे वा मारिए अनुसन्धान भैरहेको बताउनु भयो ।

उहाँले समाजमा नकारात्मक सन्देश जाने कुनै पनि काम कसैले पनि गर्न नहुने बताउँदै असल नियतका साथ पठाईएको बताईएकोले सत्यतथ्य छिटै बाहिर आउने जनाउनु भयो ।

यसअघि सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले घट्नाको छानविन गरि दोषीलाई कारवाही गर्न गृहमन्त्रीलाई पत्र लेखिसक्नु भएको छ । विभिन्न सामाजिक संजालमा सो घट्नाको निन्दा र भर्तसना गर्ने कार्य जारी छ ।