सीडीओहरुको व्यापक सरूवा

काठमाडौं, गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो।

काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा सहसचिव जनकराज दाहाललाई ल्याइएको छ। उनी झापाका सीडीओ रहेको अवस्थामा काठमाडौंको जिम्मेवारी दिइएको हो।

ललितपुरमा भगिरथ पाण्डेको सरुवा भएको छ। पहिलेका प्रेमराज जोशीको मकवानपुर सरुवा भएको गृह स्रोतले जनायो।

गृहमा कार्यरत महादेव पन्थको रुपन्देही सरुवा भएको छ। मोरङमा मदन भुजेलको सरुवा भएको छ। मोरङका रमेश केसीको कास्कीमा सरुवा भएको छ।

दीर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरिएको छ। नख्खु कारागारमा सुरेन्द्र पौडेलको सरुवा भएको छ।

सुनसरीमा राजेश पौडेल, बारामा फडिन्द्रमणि पोखरेल, झापामा उदयबहादुर राना, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुमपूर्व मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डे, पाल्पामा उमेश ढकालको सरुवा भएको छ।

डा. कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको गृहले जनायो।