सुर्खेतमा बस दुर्घटना : ३ को मृत्यु, पुर्व सांसद सहित २७ घाइते

सुर्खेत, सुर्खेतको भेरी गंगा नगरपालिका वडा न-५ मा यात्रुवाहक बस दुर्घटना हुदा ३ जनाको मृत्यु हुनुको साथै २७ जना घाईते भएका छन् ।जाजरकोटको रानी बाट नेपालगन्ज तर्फ आउदै गरेको ना ४ ख ९३१७ नम्वरको भेरी गङ्गा यातायात प्रा.लिको यात्रुवाहक बस सुर्खेतको भेरीगङ्गा नगरपालिका-५ हर्रे स्थित एमाले मोडमा विहान ३ बजे दुर्घटना हुदा तिन जनाको मृत्यु हुनुका साथै पुर्व सासंद सहित २७ जना घाईते भएका छन् ।

पुर्ब सांसद राम बहादुु बोहरा

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुने मध्य एक जनाको घटना स्थलमै र अन्य २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृर्तक मध्य दुई महिला र एक पुरुष छन् । मर्तकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

घाईते हुनमा डोल्पा वाट निर्वाचित पुर्ब सांसद तथा समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य राम बहादुर बोहरा रहेका छन् । उनि जाजरकोटको रानिवाट वाट उक्त बसमा नेपालगन्ज आउन लागेको वुझिएको छ ।

घाइतेहरु सबैको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले वताए । दुर्घटनाको कारण अझै खुल्न नसके पनि तिव्रगतिका कारण व्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।