बरिष्ठ लेखक तथा पत्रकार खेम थपलिया रिहा

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघका महांसचिव, पत्रकार त बरिष्ठ लेखक खेम थपलिया रिहा भएका छन् ।सोमबार सर्वोच्च अदालत न्यायधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको आदेशपछि थपलीया रिहा भएका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । थपलिया रिहा भएपछि संवाद डवलीमा स्वागत तथा सम्मान गरिएको छ ।