नेपालगन्जको विच वजारमै हाईस दुर्घट्ना : चार जना घाईते, दुईको अवस्था गम्भिर

नेपालगन्ज, नेपालगन्जको विच वजारमा यात्रुवाहक हाइस दुर्घटना भएको छ ।दाङ बाट नेपालगन्जका लागी छुटेको बा २ ख १८९७ नम्बरको हाईस शुक्रवार साझ नेपालगन्जको कारकादो चोक प्रहरी तालिम केन्द्रको अघाडी दुर्घटना हुदा गाडिमा सवार चार जना यात्रु घाईते भएका छन् ।घाईते हुनेमा पैदल यात्रु नेपालगन्ज उपमहानगरपालिका वडा न.१८ बस्ने बर्ष १८ कि बारिसे वेहना, हाईसमा सवार बांके नेपालगन्जका ३८ बर्षिय चक्र बहादुर रावत, बर्दिया मधुवन नगरपालिका वडा न. ५ बस्ने ३२ बर्षिय टिका देवकोटा, पैदलयात्री मेराज अलि साही घाईते भएका छन् । यिनिहरु मध्य वारिसे बेहना र चक्र बहादुर रावलको अवस्था गम्भिर छ ।घाईते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भैरहेको वताइएको छ ।तिव्र गतिमा गुडिरहेको हाइस एक्कासी नियन्त्रण बाहिर गएर बिच सडमा लगाईएको कभर्ड हुदै सोलार बत्तिको पोलमा ठोक्किएर रोडको दाया साइडमा आएर दुर्घटना भएको हो । दुर्घटना हुने वित्तिकै चालक निकलेर फरार भएका छन् । ।