नेपालगन्ज टेक्निकल कलेजद्धारा प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीलाई विदाई

नेपालगन्ज, मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ ।उक्त कलेजमा सामान्य चिकित्सा तृतीय वर्ष र ल्याब टेक्निसियन तृतीय वर्षको अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको होटल के कम्प्लेक्स खनाल रोयल रेष्टुरेन्टमा एक अौपचारिक कार्यक्रम गरी विदाई गरिएको हो ।

नेपालगन्ज टेक्निकल कलेजले २०६५ साल देखि सामान्य चिकित्सा र २०७२ साल देखि ल्याव टेक्निसियन अध्यापन गराउदै अाईरहेको छ । कलेजमा सिभिल अोभरसियर, कम्प्युटर ईन्जिनियर पनि २०६५ साल देखि नै अध्यापन हुदै अाईरहेको कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डेले वताए ।

नेपालगन्ज टेक्निकल कलेज प्राविधिक शिक्षाको लागि विद्यार्थीहरुको रोजाइ रहेको अभिभावकहरको भनाइ रहेको छ । शान्त वातावरणमा कलेज रहेको, अत्याधुनिक प्रयोगशाला, दक्ष शिक्षकले अध्यापन गराउने, सिसि क्यामरा जडान भएको, खेलकुदको लागि अाफनै प्राङ्गण रहेकोले कलेज रोजेर अध्ययन गर्न अाएको विद्यार्थी भुपेन्द्र राज भण्डारीले बताएका ।

बिदाई कार्यक्रममा मन्तव्य राख्दै सामान्य चिकित्सा अध्ययनका संयोजक बिबेक चौधरीले अाफुले सिकेर गएकोमा सिप र शिक्षालाई सही तरिकाले व्यवहारमा लागू गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ईन्जिनियर दामोदर ढकालले प्राविधिक शिक्षा विद्यार्थीहरुलाई दिन कलेज सफल रहेको छ अझ सुधार गर्नु पर्ने वताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डेले शिक्षक र विद्यार्थीहरुमा पारीवारिक वातावरणमा अध्यापन गर्ने कलेजको चाहाना हो । हाम्रो कलेजलाई प्राविधिक शिक्षा दिनका लागि देशकै उत्कृष्ट कलेज बनाउनका लागि लागिपरेको उनले वताए ।

उक्त बिदाइ कार्यक्रमको अध्यक्षता कलेका प्रिन्सिपल दामोदर ढकाल, प्रमुख अतिथिका रुपमा कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डे, अतिथिहरुमा कलेजका सामान्य चिकित्सा बिभागका संयोजक बिबेक चौधरी, ईन्जिनियर बिभागका संयोजक बिनोद लामिछाने, शिक्षकहरु ममता जोशी, सृष्टि श्रेष्ठ, महेश के.सी., सिर्जना सापकोटा, राजेश देवकोटा, गौतम श्रेष्ठ, नेपालगन्ज टेक्निकल स्कुलका संयोजक पवन कैराती विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रम सञ्चालक शिक्षक जनक बडुवालले गर्नुभएको थियोे ।