अछाममा भयानक जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाईते 

अछाम, अछाममा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिमा वडा नम्वर ५ कालीकाको सुकिबाग डिल्लि बजार नजीकै भएको जिप दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै पाच जना यात्रु गम्भिर घाईते भएका छन् ।

रामारोशन गाउँपालिकाको मुजाबगर बाट यात्रु लिएर आउदै गरेको से १ ज ९९५ नम्वरको जिप सडक बाट करीब ४ सय मिटर तल खसेको बताईएको छ ।

दुर्घटनामा परी टिमल्सैनका अशोक दमाईको घटना स्थलमै मृत्युको छ । साथै लाल वोहरा, तर्क तिमिल्सेना, जँङिर चौधरी, काले अाउजी, घनश्याम चौधरी गम्भिर घाईते भएका छन । घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।