खार्दुमा सडक र लाफामा बत्ति बलेपछि स्थानिय भए खुशिले गदगद

कालीकोटको , पचाल झरन गाउँपालिका वडा नं ३ खार्दूका स्थानिय युवा महाजित ऐडी खुशिले गदगद छन । यो पुस्ताले नदेख्ने बिकास अर्थात कल्पना नगरेकाे बिकास देखियाे भन्दै उनि दंग छन । जब गाउँमा सडक पुग्याे र बति बल्याे उनि  खुशिले गदगद भएका हुन ।

कुसेन्युजका प्रतिनिधिसंगको भलाकुसारीमा ऐडीले भने आज गाउँ झिलीमिली छ । गाउँको छेउमा सडक पुगेको छ याे भन्दा अरू बिकास के खाेज्नु ? अरू त बिस्तारै हुने कुरा हाे र हामीमा भर पर्ने कुरा हाे ।

उनि भन्छन आखिर मान्छेले चाहयो भने के हुदैन रहेछ र । उनि गाउँका एक शिक्षित युवा हुन । पचालझरनाको स्थायीत्वका लागि निरन्तर लागिरहेका ऐडी स्थानिय निकायले गरेको बिकासबाट सन्तुष्ट छन ।

गाउँपालिकाको लाफागाड खोलाबाट ८५ किलोवाट क्षमताको विद्युत निकाली गाउँमा बत्ती बाली झिलिमिली बनाएको छ । गत मंगरबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विधिवत रुपमा उद्घाटन गरे ।

बिजुली उदघाटन भएसंगै पचालझरनाबासी उज्यालो पचालझरना सपना पुरा भएको ठान्छन । भौगोलिक कठिनाइका बिच गाउँपालिकाले चट्टान खोप्दै गाउँमा बत्ती ल्याएको हो ।

उर्जा मन्त्रालयको सात करोड, गाउँपालिकावाट एक करोड २२ लाख गरी जम्मा आठ करोड २२ लाखमा निर्माण सम्पन्न भएपछि विधिवत रुपमा उघाटन गरिएको हो । सो लघु जलविद्युत आयोजनाले गाउँपालिकाका करिब १५ सय घरधुरिका स्थानिय लाभान्वित भएका छन् ।

त्यस्तै लाफाबाट खार्दुसम्माको लागि सडक निमार्ण गरिएकाे छ । गाउँपालिकाले निमार्ण गरेकाे सडक  डेढ करोडको लागतमा बनेको गाउँपालिकाले जनाएकाे छ  । गाउँपालिकाका अनुसार खार्दु गाउँसम्मा पुर्याउन फेरि नयाँ बजेटको ब्यवस्था गरिने जानकारी दिएका छन । उक्त सडकले पचालझरना अवलोक गर्न जाने पर्यटकहरुलाई सहज हुने बताइएको छ ।