कुमार पौडेल ‘इन्काउन्टर’ : संसदीय समितिमै थन्कियो गृहको प्रतिवेदन

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ ।

गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो ।

समितिले घटना छानबिन गर्न निर्देशन दिएको थियो । समिति सदस्यलाई २६ असारमा प्रतिवेदन वितरण गरिएको थियो । तर, यसबारे अझै छलफल चलेको छैन ।

घटना छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले संसद् अवरुद्ध पारेका थिए । प्रतिनिधिसभाले सुवास नेम्बाङको संयोजकत्वमा अध्ययन तथा सुझाव विशेष समिति गठन गरेपछि सदन खुलेको थियो । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।