कश्मीर मुद्दाबारे इमरान खान र ट्रम्पबीच कुराकानी
प्रकासित मिति : २०७६ श्रावण ३२, शनिबार ११:१८
प्रकासित समय : ११:१८
एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् । यस भन्दा पहिले संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार भारत प्रशासित कश्मीरबाट संविधानको धारा ३७० हटाएको विषयमा छलफल भएको थियो ।
यो बैठक पाकिस्तानले गरेको पत्राचारपछि बसेको थियो। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन् कि इमरान खानले संयुक्त राष्ट्र मुख्यालयमा सुरक्षा परिषदको बैठक सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो भरोसामा लिएका छन् ।
कुरैशीले भनेका छन् कि प्रधानमन्त्री इमरान खानले कश्मीरको ताजा घटनाक्रम र क्षेत्रीय शान्तिमाथि उठेको खतराका सम्बन्धमा पाकिस्तानको चिन्ताबारे ट्रम्पलाई अवगत गराएका छन् ।