जनप्रतिनिधि र र्कमचारी बिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
कालीकोट,कालीकोटको पचालझरना गाउँपालिकामा पालिकाको कामलाई ब्यवस्थीत गर्न जनप्रतिनिधी र कर्मचारी बिच बृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिकाको कामलाई चुस्तदुस्त राख्न र सेवाग्रहीलाई सजिलो बनाउनका लागि बृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
शुक्रबार आयाेजित अन्तरक्रियामा काम कारवाहिलाई ब्यवस्थितका साथै विभिन्न सामाजिक अभियानलाइ सफल बनाउन कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रबक्ता अरुण रोकायाले जानकारी दिए ।
रोकायाका अनुसार गाउँपालिका प्रतिबद्ध भएर जाने कुरामा यो अन्तरक्रियाले महत्वपुर्ण भुमिका खेलेको छ ।
रोकायाले जनताको दुख सुखमा जनप्रतिनिधी र कर्मचारी एकसाथ उभिनु पर्ने कुराको आबश्यक्ता बाेध गराएकाे समेत जानकारी दिए ।
कुनैपनि कामको शिलशिलामा होस् अथवा समन्वयको शिलशिलामा एकिकृत हुने कुरामा जोड दिन अन्तरक्रिया कार्यक्रम सफल भएको दावी गरे ।