कोहलपुरमा सवारी दुर्घटना, एक दर्जन बढी घाईते

कोहलपुर, बांकेको कोहलपुरमा सवारी दुर्घटना एक दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् ।कोहलपुरबाट नेपालगन्ज तर्फ आइराखेको भे १ ख १६१७ नम्बरको नागरिक यातायात प्रा.लिको नगर बसलाई त्यहीँ दिशावाट आइरहेको ना ६ ख ५३०७ नम्वरको नमस्ते नेपाल यातायात प्रा.लिको बसले पछाडी बाट ठक्कर दिदा दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरी हवल्दार बिर वहादुर वलिले वयाए ।

केहीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतामा उपचार भैरहेको र केही घाईते सामान्य अवस्थामा रहेको हवल्दार वलिले वताए ।

नेपालगन्ज कोहलपुर क्षेत्रमा चल्ने नगरबसहरुले अस्वास्थ्य प्रतिस्पर्धाका कारण ट्राफिक नियम मिचेर तिव्र गतिमा सवारी हाक्नाले दिनहु दुर्घटना हुने गरेका छन् ।