चट्टान फोडेर निकालिएको बिजुली मुख्यमन्त्रीद्धारा उद्धघाटन्

कालिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकामा निकालिएको जलविद्युत आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्धघाटन गरेका छन् ।

पचाल झरना गाउँपालिका वडा न. ७ मा चट्टान फोडेर निकालिएको ८५ किलोवाट क्षेमताको लाफागाड जलविद्युत आयोजनाको मुख्यमन्त्रीले आज एक कार्यक्रमका विच उद्धघाटन गरेका हुन् ।

कर्णाली प्रदेशकै विकट जिल्ला कालिकोट त्यसैमाथीको दुर्गम स्थान पचाल झरना गाउँपालिकामा करिब तिन वर्ष देखी सुरुगरिएको आयोजनावाट बिजुली बत्ती बल्दा स्थानिय जनता हर्षित बनेका छन् ।