सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम सम्पन्न्

कोहलपुर, बाकेको कोहलपुरमा अबस्थित बागेश्वरी बहुमुखी क्याम्पस स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक स्वास्थ्य सर्वेक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।कोहलपुर नगरपालिका वडा न. १३ भरैया का १५ घरधुरीमा बसोवास गर्ने ७४ जनसंख्या रहेको वादी समुदायमा उक्त सर्वेक्षण गरिएको हो ।समुदायको शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, शौचालय लगायत बिभिध बिषयहरुमा १५ दिन लगायर गरिएको अध्यायनलाई आज नजिकै रहेको बाल शिक्षा आधारभूत विद्यालयमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।कार्यक्रमको प्रमुख आथिथ्यता ग्रहण गर्दै बागेश्वरी बहुमुखी क्याम्पसका उप-प्राध्याक एकराज शर्माले २१ अौ सताव्दीको विज्ञान र प्रबिधीको जमनामा शिक्षा विना कुनै काम गर्न नसक्ने वताए ।शर्माले आज शिहँदरबारको अधिकार गाउँगाउँमा आउदा पनि ७४ जनसंख्या रहेको वादी समुदायमा ६१ जना अशिक्षित हुनु, शौचालु नहुनु, खानेपानी इनारमा निर्भर हुनु दु:खद रहेको वताए । उनले देश अग्रसरतामा लागेको वेला कोहलपुर जस्तो सहर उन्मुख नगरीको मुटुमा जनताको यो अवस्था देखिनुले शैक्षिक हवमा प्रश्न उठाउन सकिने वताए ।राज्यले बिपन्न समुदायको लागी विशेष कार्यक्रम ल्याएको भएपनि यस प्रती कसैको ध्यान नगएकोमा दुःखद् व्यक्त गरेका थिए ।हाल कोहलपुर नगरपालिकाको एक मात्र सरकारी आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस रहेकोमा त्याहाँ उच्च शिक्षाको लागी आफ्न छोरा-छोरीलाई पठाउन समेत आग्रह गरेका थिए ।त्यसैगरी कार्यक्रमका सभापती तथा विद्यालयका प्र.अ लिलाराज ओलिले आफ्नो विद्यालय लाई नगर सरकारले दुर्गम बनाएको बताए । उनले आफ्नो विद्यालयमा विद्युत, खानेपानी, खेल मैदान, भौतिक संरचना लगायत निजी शिक्षकको समस्या रहेको कुरा बारम्बार सम्बन्धित निकाएको ध्यानाकर्षण गर्दा पनि समाधान नभएको बताए ।कार्यक्रमको सन्चालन स्नातकोत्तर तहमा अध्यायनरत विद्यार्थी धिरेन्द्र शाहीले गरेका थिए भने कार्यक्रमको उदेश्य माथी डम्बर कार्कीले स्पष्ट पारेका थिए ।