चर्को गर्मीमा नेपालगञ्जका युवाहरुले यसरी पिलाए निशुल्क पानी
नेपालगञ्ज, बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का युवाहरुले बकर ईद र युवा दिवसको अबसर पारेर निशुल्क पिलाउने कार्यक्रम आयोजना गरेका छन ।
नेपालगञ्जको चर्को गर्मीमा वडा नं ११ का युवाहरुले नेपालगन्जको बिपीचोकमा निशुल्क पानी बितरण कार्यक्रम आयोजना गरेका हुन ।
सामाजिक सद्भावका लागि युवाहरुको पहलमा निशुल्क पानी बिरतरण कार्यक्रम राखेको वडा नं ११ का युवा अरसद रंगरेजले जानकारी दिए । रंगरेजका अनुसार नेपालगन्जको बिपीचोकमा पानी बितरण कार्यक्रम आयोजना गरेको बताए ।
रंगरेजले भने नेपालगन्जको चर्को गर्मीमा हामी युवाहरुले आफनो सामाजीक उतरादायीत्व र कर्तव्य सम्झेर यो कार्यक्रम आयोजना गरेका हौँ र हामी बेला बेला यस्ता कार्यक्रम गरिरहेका छौँ ।
यता नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको उपस्थितीमा हजारौं मुस्लीमहरुले सामुहिक नवाज पढेका थिए ।
ईदको शुभकामना दिदै मन्त्री राईले यस्ता पर्वले नेपाली समाजलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने बताए । बाँकेको धार्मिक सहिष्णुता नेपालमा मात्र नभई बिश्व मै उदाहरणीय भएको बताउँदै मन्त्री राइले धार्मिक सहिष्णुता र सद्भावको कामना समेत गरेका छन् ।