विप्लवका बर्दिया सेक्रेटरी अर्याल पक्राउ

बर्दिया, नेत्रविक्रम चन्द विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ।

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।