प्रदेश ५ मा सोमबार सार्वजनिक विदा

नेपालगञ्ज, प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदमा सार्वजनिक विदा दिएको छ । बकर इद भोलि परेको छ । बकर इद बिदा सम्बन्धि निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।

संघीय सरकारले तोके बाहेक प्रदेश ५ मा बकर इद सहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।

यसवाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।