यसकारण पचाल झरनाको फेदिमा गाउँसभा हुने

मुख्यमन्त्रीले समेत अबलोकन गर्ने

कालिकोट,कालिकोटकोे पचाल झरना गाउँपालिकाले साउन २९ गते पचाल झरनाको फेदीमा विशेष गाउँसभा आयोजना गर्ने भएकाे छ। झरनाकाे प्रचार प्रसारकाे लागि फेदीमा गाउँसभा आयोजना गर्ने भएकाे हाे । 

गाउँपालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा साउन २९ गते पाँचौ गाउँसभा झरनाकै फेदमा आयोजना गरिने भएकाे  हो ।

उक्त गाउँसभाले पचाल झरनाको विकास निर्माणका साथै नेपालकै अग्लो झरनाका रुपमा घोषणाका लागि पहल गर्ने र प्रचार प्रसारमा व्यापकता दिने गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।

सेजुवालका अनुसार साउन २९ गते मुख्यमन्त्री शाहीले गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन, पचाल झरनाको लाफा गाडमा निर्माणाधिन लाफागाड साना जलविद्युत आयोजनाको पनि उद्घाटन गरिने छ ।

त्यस्तै पचाल झरना अवलोकन गर्न जाने पर्यटकको सुविधाका लागिबीच बाटोमा संचालन गरिएको होमस्टे र सहिद पार्कको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तत्कालीन पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले कालिकोटको पचाल झरनालाई नेपालकै अग्लो झरनाका रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएपछि उहाँको दुर्घटना भएपछि उक्त झरना घाेषण हुन सकेकाे थिएन । 

नेपालकाे ६४ पर्यटकिय गन्तब्यमा परेकाे उक्त झरना ३ सय ८१ मिटर अग्लो रहेको पचाल झरना गाउँपालिका अध्यक्ष  सेजुवालले बताए । उनले गाउँपालिकाको नेतृत्वमा निर्वाचित भएपछि तत्काल प्राविधिक टोलीसहित स्थगल रुपमा नाप गरिएको समेत बताए ।