अछाममा एनसेल टावरमाथी फौजी आक्रमण

अछाम, अछाममा एनसिएलका टावरमाथि अज्ञात समुहद्धारा फौजी शैलिमा आगजनी गरिएको छ ।अछामको पन्चदेवल बिनायक नगरपालिकामा रहेको टावर र तुर्माखाद गाउँपालिकाको तितौरालेखमा अवस्थित दुई वटा टावरमाथी एकै समयमा मध्यराती आगजनी गरिएको हो ।

हालसम्म घटनाको जिम्मेवारी कसैले नलिए पनि विप्लव नेतृत्वको विद्रोही नेकापाले आक्रमण गरेको हुन सक्ने प्रहरीको आशंका छ । यद्यपि विप्लव नेकपाले भने यो घटनाको बारेमा कुनै प्रतिक्रिया दिएको छैन् ।

धेरै पहिले देखी एनसिएलले राज्यलाई तिर्न पर्ने ७२ अर्व कर तिर्नु पर्ने भन्दै दवाद दिदै आएको थियो । एनसिएलले भने कर नतिर्ने अडान लिदै आएको छ ।