ब्याधाको बाख्रो भगवानको उँट र मरुभूमिको खेतालो

आध्यात्मिक चिन्तकले मन्दिरमा देवता खोज्न हिडछ धमात्मा आत्ममा भगवान खोज्छ । भौतिक चिन्तकले बैज्ञानिक तथ्यमा जनताको मन मस्तिक्समा खोज्दै हिडिरहेको हुन्छन । जहाँ दुखी गरिबलाई भगवान मानेर समाजको शिष्ट सेबक बन्न खोज्दछन् ।

सहि कम्युनिस्ट नेता कार्यकर्ता राष्ट्रियता, जनतन्त्र र जनजिबिकालाई भगवानका जादुगर हतियार मान्दछन । र त्यसको मुख्य मन्दिर समाज ठान्दछन र त्यो भित्र देखिने कुकृती बिकृती हटाउनु नै असली भगवानका पुजारी भक्त भएको ठान्दछन् । यस्तै एउटा भगवानले बिगारेको उटको कहानी र कम्युनिस्ट सरकारको मोडेलको बारेमा मिलेको अभौतिक र भौतिक भगवानको बारेमा बोलौ ।

सामाजिक भगवान कति असन्तुष्टि र महत्वाकांक्षी हुन्छन त्यस्तै दन्ते कथामा एउटा कथाकारले उटको कथाको बेलिबिस्तार गरेका छन । यो शिष्टीमा भगवाले हरेक प्राणी निर्माण गर्दै जानुभएको रहेछ त्यस्तै जतिप्रानी निर्माण गरेछन ति सबै सुन्दर लागेछ सुन्दरता हरुको पनी सुन्दर प्राणी कसरी बनाउने होला भनेर कल्पना गर्न थाल्नु भएछ उहाँले एउटा जुक्ति निकाल्नु भएछ ।

धर्तिका जति जति सुन्दर र शक्तिशाली जीव जनवरहरु छन । ति सबैको प्रत्येक सुन्दर र शक्तिशाली अंगलाई तानेर स्वर्गकै आनन्द र सुन्दर जनावर बनाउन सकिन्छ भन्ने कल्पना अनुसार घोडा, साँडे,सुगा, जिराफ,हात्ती कोइली गाई लगायत आदि जनावरहरुको नक्कल सक्कल जुटाउदै अंग तान्न थाल्नु भएछ ।

सबै जिबहरुको अंग जोडदै जादा न त हाती बनेछ । न त घोडा न त मुसा बनेछ नत जिराफ न त गोरु बनेछ न गाई सबैभन्दा भद्दा जीव बनेपछि त्यसको पुरै शरीरको आबरण हेरेर भगवानलाई दिक्क लागेर मरुभूमिको सागरमा लगेर छोडदै भनेछ्न मेरो यतिका परिश्रम खेर गयो अबदेखि तेरो बाँस यहीं होस तँलाइ भारी बोक्नेदेखी दहि दुध मासु समेत सबैले खाउन तर त्यरो जिन्दगीमा पानीको परिपुर्ति कहिल्यै नहोस् पानीको जोखो गरिरहनु परोस् ।

साच्चिकै सत्ताधारी कम्युनिस्टको राजनीति आबरणको सबै गतिविधि अध्यन गर्ने हो । भने यो कम्युनिस्ट पार्टीको संगठानिक ढाचा न त कम्युनिस्ट जस्तो बन्यो न त कुनै सामाजिक राजनीति दलको जस्तो त्यहीँ उट्को कथासंग मिल्दो जुल्दो भयो तिनीहरु जस्ले संविधान समाजबादी भन्छन् । सैद्धान्तिक आचरण जनताको जनबाद भन्छन् हेर्दाहेर्दै पुतलीको तिकडम नाच बत्तीको चिता हुने देखिन्छ ।

अझ एउटा ब्याधाको पासोमा अड्किएको बाख्रो जस्तै त्यही पार्टीको नेतृत्वमा बनेको सरकारले सोह्र महिनामा ४३ भन्दा धेरै बिध्ययक संसदमा पेश गरेको तथ्यांक ति सबै एकपछि अर्को बिबादास्पद र जनताको सचेत पहलमा बहिस्कृत भएको छ । यो खासमा भएको के हो ? र किन भएको हो ? बुझ्न् जरुरी छ ।

त्यस्तै एउटा महत्वाकांक्षी बाख्राको हासो लाग्दो कथामा मिल्छ यो कम्युनिस्ट पार्टी र त्यस्को नेतृत्वमा बनेको सरकार अत्यन्तै महत्वाकांक्षी बाख्रो जमिनमा भएको घाँस खादै खादै गएछ अर्को उसलाई इच्छा जागेछ अब रुखको घाँस कसरी खाने त्यो शक्तिको लागि भगवानलाई भेटेर शक्ति प्रदान गरेर आउछु भगवान भेटेछ भगवान मलाइ रुख चढ्ने शक्ति चाहियो । उसको भगवानले रुख चढ्ने शक्ति सीप दिएछ्न ।

रुखको घाँस खाइसकेपछी उस्ले जमिनमा ओर्लेर अर्को रुखमा चढ्ने ज्यादै झन्झट मानेछ । भगवानसँग फेरि गएछ र भनेछ भगवान मलाई एक रुखदेखी अर्को रुखमा उडेर जाने पखेटा चाहियो मागेछ भगवानले खुशी मान्दै त्योपनी दिएछ्न । बाख्रो एक रुखदेखी अर्को रुखमा उडेर आफ्नो आहारा खादै रमाउदै गरेको ब्याधाले देखेछ ओहो यो अजिबको अनौठो बाख्रो रहेछ यो बाख्रो मेरो जालमा पार्न सकेभने मलाई यहीं बाख्रोलाई बन्धक बनाएर भगवानसग धेरै माग राख्न पाउने छु ।

उस्ले सकि नसकी त्यो महत्वाकांक्षी बाख्रोलाई पासोमा पारेछ र उस्ले त्यो बाख्रोको शक्तिशाली भगवानसँग आफुलाइ सिकार खेल्ने सम्पूर्ण हात हतियारको सर्त राखेछ । उसलाई उसको भगवानले त्यो पूरा गरिदिएछ्न एउटा बन्दुक मागेछ त्यो पनी बाख्राको भगवानले दिएछन तरबार मागेछ त्योपनी दिएछन ।

अन्तमा त्यो ब्याधाले त्यो बाख्राको मासु खाने माग गरेछ भगवानले बन्दुक तरबार सबै ब्याधालाइ दिसकेको कारण उनिले निशसस्त्र उसलाई केही गर्न सकेनछन । त्यो तरबार र बन्दुकले एक रुख देखि अर्को रुख उडने महत्वाकांक्षी बाख्रोलाई मारेर खाएको रहेछ ।

यस्तै सत्ताधारी कम्युनिस्ट पार्टीको एउटा प्रमेश्वरले दिएको बर्दान र शक्तिमा आफ्नो सम्पुर्ण सम्पती बुझाउदै खल्ती साप बनिसकेको छ ।  यो सरकारले गरेको झन्डै राष्ट्रघाती बिध्ययक जनताको सचेत पहलमा बहिस्कृत हुँदैन थिए भने अहिलेसम्म नेपालको ६०५ सार्बभौम अधिकार गुमिसकेको हुने थियो ।

बस्तुत यो कम्युनिस्ट माक्र्सवादी सिद्धान्त निष्ठ राजनीति पार्टी होइन र यो संविधानमा टिकेर बन्ने कुनैपनी सरकारले सार्बभौमसत्ता राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको ओकालत गर्न सक्दैन । बस्तुत नेपाली संविधाननै बिसाक्त छ भन्ने प्रमाणित गर्दछ । अन्तत ब्याधाको बाख्रो भगवानको उट जस्तै कहानी हुने निश्चित छ यो अबस्थामा राष्ट्रियता जनतन्त्र र जनजिबिका सवालमा आबद्ध सबै एक ठाउँमा उभिनुको विकल्प छैन ।