दुई वटा गाडीमा आगजनी

मकवानपुर, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।