एघार बर्षपछी बन्यौ रामेछाप-सिन्धुली जोडने खैरेनीघाट पुल

प्रचण्डद्धारा उद्धघाटन हुने

रामेछाप, रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित सुनकोसी नदीको पुल निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आएको छ ।पुल निर्माण कार्य सुरु भएको ११ बर्षपछी रामेछाप–सिन्धुली जोडने पुल निर्माण सम्पन्न भएको हो । केही महिना अघि निर्माण सम्पन्न भएको पुलबाट हाल यातायात सञ्चालन भइरहेको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले वताए ।

निर्माणको जिम्मेवारी लामा-खम्पाचे-कन्काई जेभीले लिएको थियो । निर्माणको जिम्मेवारी पाएको कन्काई निर्माण सेवाको ढिलासुस्ती, पुलको डिजाइन परिवर्तन, भुकम्प, नाकाबन्दी लगायतको कारणले पुल निर्माणमा ढिलाई भएको थियो ।

करिब नौ करोड लागतमा निर्माण सम्पन्न भएको पुलको उदघाटन आगामी साउन १९ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले वताउनुभयो ।

पुल सञ्चालनमा आएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई राजधानी काठमाडौं र सदरमुकाम मन्थली आउन जान सहज हुने भएको छ ।