चौरीपालकलाई सोलार बत्ति प्रदान

रामेछाप, दोलखा जिल्लाको शैलुङ गाउँपालिकाका चारजना चौरीपालक किसानहरुलाई सोलार बत्ति बितरण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योन्जनको उपस्थितीमा किसानहरुलाई सोलार वितरण गरिएको हो । सोलार पाउने किसानहरु शैलुङ गाउँपालिका १ का ढलबहादुर तामाङ, कन्सबहादुर श्रेष्ठ, निमा तामाङ र फुर्वा तामाङ रहेको सुपरभाइजर भिजन मोक्तानले जानकारी दिए । मोक्तानका अनुसार एउटा सोलारबाट ३ वटासम्म चिम बाल्न सकिने छ । सोलार पाएका ढलबहादुर साविक ताम्चेत दूधपोखरी २ का हुन् भने बाँकी तीनजना चौरीपालक साविक १ वडाका हुन् ।

गाउँपालिका अध्यक्ष दुलालले चौरीपालकहरुले शैलुङको बिकासमा अतुलनीय योगदान दिइरहेकाले उनीहरूलाई प्रोत्साहन स्वरुप सोलार बत्ति हस्तान्तरण गरेको बताए । उनले चौरीपालकहरु गोठ सारिरहँदा बिद्धुतको पहुँचबाट टाढा भएकोले सोलार बत्तिले सहयोग पुग्छ ।

सोलार पाएका किसानहरुले अध्यक्ष दुलाललाई चौरीपालकहरुलाई प्रोत्साहन गरेकोमा धन्यवाद दिए । उनीहरूले यसरी नै पालिकाले प्रोत्साहन गरिरहेमा शैलुङमा अझ चौरीपालकहरु फस्टाउने बताउँछन् । सोलार बत्ति पाएका किसानहरु आफ्ना गोठमा दुई दर्जन भन्दा बढी चौरीहरु रहेको बताउँछन् । वर्षा सुरु भएपछि तलतिर झर्ने चौरीपालक हिउँद लागेपछि शैलुङ चढ्ने गर्छन् ।