त्रिचन्द्र कलेजका विद्यार्थी नेता लिम्बु गिरफ्तार

रिहा नगरे कडां संघर्षमा जाने चेतावनी

काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका इकाई उपाध्यक्ष बुद्ध लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ ।प्रहरीले नेता लिम्बुलाई त्रिचन्द्र क्याम्पसको प्राङगड वाट गिरफ्तार गरेको संगठनले पुष्टी गरेको छ । संगठनको तर्फवाट त्रिचन्द्र कलेजका इकाई सचिव रितेस सेन्चुरीले एक विज्ञप्ती जारी संगठको बडदो लोकप्रियता वाट अत्तालिएर सरकारले आफ्ना विद्यार्थी नेतालाई षड्यन्त्रपुर्ण तरिकाले गुण्डागर्दी शैलिमा गिरफ्तार गरेर फसाउन खोजेको आरोप लगाएका छन् ।

उनले शान्तिपुर्ण रुपमा शिक्षामा भएको व्यापारिकरण र निजिकरणका विरुद्ध संघर्ष गर्दै विद्यार्थीहरुको हक र अधिकारको साथै शिक्षा क्षेत्रमा भएका तमाम खाले विकूती र विसंगतीका विरुद्ध आवाज वुलन्द गर्दै आएका विद्यार्थी नेताहरुलाई गिरफ्तार गरेर सरकाले आफ्नो फासिवादी हर्कत उदाङ्गो पारेको वताएका छन् ।

गिरफ्तार गरिएका विद्यार्थी नेता लिम्बुलाई विनाशर्त रिहाई गर्न माग गरेका गरेका छन् । साथै तत्काल रिहा नगरिए कडा संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।

सरकारले विप्लव नेतूत्वको विद्रोही नेकपामाथी प्रतिबन्ध लगाए पछी उक्त पार्टी र पार्टी निकट जनवर्गीय संगठनका नेता कार्यकर्ता र समर्थकहरु माथी व्यापक दमन वडाएको छ । हाल सम्म उक्त पार्टीका देशैभर ७०० भन्दा बढी नेता तथा कार्यकर्ता भिभिन्न मुद्धामा हिरासतमा छन् ।

हेर्नुहोस् विज्ञप्ती