भैसिले दुईटा पाडो जन्माएछी हेर्नेको घुइचो

रामेछाप, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं-६ माकादुम आँगिटारमा एउटा भैसीले दुई वटा पाडा जन्माएपछि हेर्नेको भीड लागेको छ ।

स्थानिय गणेश केसीले पालेको भैँसीले दूईवटा पाडा जन्माएको थियो । केसीले पालेको भैँसीले केही मिनेटको फरकमै एउटा पाडा र एउटा पाडी जन्माएको थियो शनिबार विहान भैसीले दुईवटा पाडा जन्माएको र भैसी सहित दुई वटै पाडाको अवस्था समान्य रहेको भैँसी धनी केसीले बताए ।

अरु घरपालुवा जनावरहरुले धेरै बच्चा जन्माएको देख्दै आएपनि भैँसीले भने दुई वटा बच्चा जन्माएको कमै मात्रामा सुन्न र देख्न पाईन्छ । भैँसीले दुई वटा बच्चा जन्माएपछी अहिले केसीको घरमा हेर्न आउनेको भिड बढेको थियो ।