सेल्फी खिच्ने क्रममा नदिमा खसेर एक युवतीको मूत्यु

रामेछाप, रामेछाप जिल्लाको सदरमुकाम मन्थली नजिकै सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेर शुक्रबार दिउँसो एक युवतीको ज्यान गएको छ ।

भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ६ घर भएकी बर्ष १९ की सर्मिला कर्माचार्यको मन्थली नगरपालिकाको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा नदिमा खसेपछि नदीले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।

नदीले बगाएको कर्माचार्यलाई मन्थलीको ऐयरपोर्ट नजिकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा पुर्याएकोमा अस्पताले मृत घोषित गरेको हो ।

मृतक युवती भक्तपुरबाट दोलखा घुम्न जाने क्रममा बाटोमा सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेको भनिएता पनि घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।