पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरे

रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. २ मा पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरेका छन् ।लगभग १५ दिनको अबधिमा देउरालीमा सय भन्दा बढि बाख्रा मरेको रामेछाप नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग एउटा संक्रमित रोग हो । यो रोग गाउँको एउटा बाख्रामा देखिने वित्तिकै नियन्त्रण नभए सम्म अरु बाख्राहरुमा पनि देखिने र माहाँमारीको रुपमा फैलने गर्छ ।

पिपिआर रोग लाग्दा बाख्राहरु छेर्ने, नाकबाट सिँगान निकाल्ने, आँखामा कचेरा आउने, जिव्रो तथा मुखमा घाउ हुने जस्ता लक्षणहरु देखापरेपछी अन्तिममा बाख्राले घाँसै खान छाडे्ने र बाख्रा मर्ने पशुपंक्षी विकास शाखाका प्रमुख श्रेष्ठले बताए ।

रामेछाप नगरपालिकाले रोग प्रभावित क्षेत्रमा प्राविधिकहरुको टोली परिचानल गरी निशुल्क औषधी सहित पिपिआर सुई लगाउने काम जारी राखेको उहाँको बताए । एकपछि अर्को बाख्रा मर्न थालेपछि गाउँका बाख्रा पालक किसानहरु चिन्तित बनेका छन । मरेका बाख्रालाई खाल्डोमा पुर्न लगाईएको प्रमुख श्रेष्टले वताए ।