दश दिनभित्र सबै स्थानीय तहको एकता टुंगो लाग्ने सांसद श्रेष्ठको दाबी

रामेछाप, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला वाट प्रतिनिधिसभामा निर्वाचित सांसद श्याम कुमार श्रेष्ठले १० दिनभित्र सबै स्थानीय तहमा संगठनको एकता टुंगो लाग्ने दावी गरेका छन् ।

उनले स्थानीय तहका संगठनको एकताको कामले तीव्रता पाएको बताउँदै कार्यकर्ताहरुलाई कत्ति पनि विचलित नहुन आग्रह गरे ।

पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप जिल्लाका सह–इन्चार्ज समेत रहेको सांसद श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुंगो लगाएर गाउँगाउँमा अभियान सञ्चालन गरिने बताए ।

रामेछाप जिल्लाको लागी आफु केन्द्रमा बसेर रात दिन खटेको बताउदै उनले जिल्लाको विकास तिब्र गतिमा भइरहेको दावी गरे । सांसद श्रेष्ठले विगत र अहिलेको विकासको तुलना गर्न पनि नागरिकहरुलाई आग्रह गरे ।