पचालझरना गाउँपालिका खरमुक्त छानो निमार्णको अभियानमा

कालीकोट,पचालझरना गाउँपालिकाले खरमुक्त छानो निमार्णकोअभियान संचालन गरेको छ । आगलागि र हावाहुरीबाट बच्न गाउँपालिकाले खरमुक्त छानो अभियान सुभारम्भ गरेको हो ।

केहि दिन अघि गाउँपालिकामा एक कार्यक्रम गरि अभियान शुभारम्भ गरेको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए ।

सेजुवालका अनुसार यो आर्थीक बर्षभित्र पचालझरनाका सबै वडाहरुमा खरमुक्त घरहरु निमार्ण गरिने बताइएको छ ।

त्यसका लागि आबश्यक बजेट समेत छुटयाइसकेको बताइएको छ । गाउँपालिकाले यसअघि उज्यालो पचालझरना, गोठाले भत्ता लगायतका कामहरु सुरु गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष सेजुवालले कुसेन्यजुसंग कुराकानी गर्दै पचालझरना गाउँपालिकाले यसैबर्षदेखि बेरोजगार युवाहरुलाई स्वराजगार बनाउन पालिकाले नयाँ कामको सुरुवात गर्ने समेत बताए ।

अध्यक्ष सेजुवालले जनतालाई प्रत्यक्ष राहतको अनुभुति हुने गरि कामकारवाहि अगाडि बढिरहेको समेत दावी गरे । अध्यक्ष सेजुवालले नेपालकै अग्लो झरनाका रुपमा रहेको पचाल झरनाको समुच्चय बिकासका लागि पालिका दत्तचित्त भएर लागिपरेको बताए ।

उनले पर्यटकहरु आगमण सहजताको लागि छिटै होमस्टे सुभारम्भ गरिने समेत जानकारी दिए ।