ओखलढुंगामा एक महिलाले झुन्डिएर गरिन आत्महत्या

 

काठमाडौं, ओखलढुंगा मा एक महिलाले झुन्डिएर आत्माहत्या गरेकी छन् । चम्पादेबी गाउँपालिका वडा नं. १ पलापु ढुङगेपानीकी २७ बर्षिय कुमारी श्रेष्ठले आइतबार साझ तिर घरमा पारिवारिक कलह, झै झगडाका कारण आत्माहत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ ।

चम्पादेबी पलापु १ का वडा अध्यक्ष कुलबहादुर श्रेष्ठका अनुसार आइतबार घटना घटिसकेपछि सोमबार बिहान पलापु प्रहरी चौकी र स्थानीयबासिहरुले खोजी गर्दा घर नजिकैको आफनै बारिको रुखमा झुन्डिएको अबस्थामा फेला परेको बताए । उनको परिवारमा उनाका श्रीमान् लोक बहादुर श्रेष्ठ र ३ बर्षिय एक छोरा छन् ।

पोस्टमार्टम गरी घटना बारे थप अनुसन्धान गर्न सबलाई रामेछाप सदरमुकाम मन्थलीमा लगिएको छ ।

पछिल्लो दिनहरूमा उनि मात्रै हैन पारिवारिक कलह झै झगडाको कारणले जिल्लामा आत्माहत्याको संख्या बढेको छ । आत्माहत्या न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने कुनै पनि घरको एक सदस्यले आत्माहत्या गरेमा उसको परिवारको भबिस्य सम्म पर्न जाने असरबारे बिद्यालय गाउँघर तथा विभिन्न संचार माध्यममार्फत जानकारी दिनु पर्ने स्थानीयबासि वताउछन् ।

गरिबी, सामाजिक मुल्य र मान्यता, मानसिक समस्या, विभिन्न प्राकृति बिपत्ति बसाइँसराइ, पारिवारिक कलह, झै झगडा आदिको कारणले आत्महत्याको घटना वृद्धि भएको स्थानीयबासीहरुको बुझाइ छ ।

विश्व स्वास्थ संगठनको अनुसार आत्महत्याको ३० प्रतिशत कारण मानसिक स्वास्थ समस्या हो र ६० प्रतिशत आत्माहत्या निराशको कारणले हो । हाल बिश्वमा प्रत्येक बर्ष ८ लाख भन्दा बढी ब्याक्तिले आत्महत्या गर्छन । नेपालमा भने साइडडेक्स फाउन्डेसन अध्यक्ष नरेन्द्र ठकुन्नाको अनुसार आर्थिक बर्ष २०६९/७० देखी २०७३/७४ सम्म नेपालमा २२ हजार ६०७ जनाले आत्माहत्या गरेका छ्न् ।