बालिका बलात्कारका आरोपी पुर्पक्षका लागि थुनामा

रामेछाप, दोलखा जिल्ला अदालतले रामेछापको उमाकुणड गाउँपालिका वडा नं ६ का पोष बहादुर श्रेष्ठलाई बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनुवामा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायदिश कमल राज बिस्टको ईजलासमा भएको थुन छेकको बहस पछि श्रेष्ठ लाई पुर्पक्षको लागि थुनुवामा राख्न आदेश दिएको हो ।

रामेछाप घर भई दोलखाको जिरी नगरपालिकामा बस्दै आएका श्रेष्ठलाई १५ बर्षिय बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा दोलखा प्रहरीले असार १७ गते नियन्त्रणमा लिएको हो । श्रेष्ठ लाई मुलुकी अपराध सहीता २०७४ को दफा १ सय १९ को उपदफा १ र २ बमोजिम कसुर गरेको आरोपमा सोही ऐनको दफा २ सय १९ (३) ग बमोजिम सजाय माग दाबि गरि अदालत पेस गरिएको थियो ।

दोलखा प्रहरीले श्रेष्ठ विरुद्ध जबर्जस्ती करणी मुद्धामा आवस्यक अनुसन्धान पूरा गरि सरकारी वकिल कार्यालय मार्फत आज अदालत पेश गरेकोमा अदालतले पुर्पक्षको लागि थुनुवामा राख्न आदेश दिएको हो । अदालतको आदेस लगतै श्रेष्ठलाई आजै कारागार चलान गरिएको छ ।