वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्र जलमग्न : ७ घर डुबायो

सुर्खेत ,वीरेन्द्रनगरको तल्लो क्षेत्र वडा नं ९ को पर्सेनी गाँउ लगाएत वडा नं १० मा आज राती परेको अविरल वर्षाले डुवानमा परेको छ । डुवानले ७ वटा घर डुबाएको छ । मध्यारतमा ३० जनालाई प्रहरीले उद्धार गरेको छ । डुबानमा कुनै मानवीय क्षती नभएको वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए। वडा नं ९ पर्सेनिमा डुबानले पशुचौपाए पनि डुबेका छन् ।

राती परेको अविरल वर्षाले वीरेन्द्रनगरको ४ नं वडा र १० नं वडामा ४ लेनको सडकमा निर्माणधिन पुलमा समेत क्षती पुगेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुबेदीले बताए ।

डुवानकै कारण लाटीकोइली र अलायचौर तथा घुस्रा र पर्सेनी जोड्ने सडक अवरुद्ध भएको छ । बाढीले क्षती पुर्याउन सक्ने भन्दै बाढी प्रभावित क्षेत्रका नागरिकलाई सजकता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतका सुचना अधिकारी उत्तम शर्माले आग्रह गरेका छन् । जल तथा मौसम पुर्वानुमान शाखाले वर्षा बिहिवारसम्म हुने चेतावनि दिएको छ ।

पछिल्लो १२ घण्टामा वीरेन्द्रनगरमा १४६ मिलिमिटर वर्षा मापन गरिएको छ ।