दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं,दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का दोलखासहित रामेछाप, काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।