विद्यार्थी नेता शाहीको स्मृतिमा अखिल क्रान्तिकारीद्धारा वृक्षारोपण

साथमा कम्युनिस्ट विद्यार्थी अभियान-२ को उदघाटन्

पोखरा, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा सहिदको स्मृतिमा वृक्षारोफण कार्यक्रम गरेको छ ।अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रिय समन्वय समितीद्धारा संगठनका पुर्व केन्द्रीय सदस्य एवम् विद्यार्थी नेता सहिद प्रज्वल शाहीको स्मृतिमा पृथ्वीनारायण क्याम्पस पोखरामा वूक्षारोपण कार्यक्रमको सुरु गर्नुका साथै कम्युनिस्ट विद्यार्थी अभियान-२ पनि मंगलबारदेखी शुरु भएको छ ।संगठनका गण्डक व्युरो संयोजक बद्री अधिकारीले विरुवा रोपी वूक्षारोपणको सुभारम्भ गरी अभियानको उदघाटन गरेका थिए । कार्यक्रममा अन्य नेताहरु अखिल (क्रान्तिकारी) कास्की जिल्ला कार्यवाहक अध्यक्ष आस्था नेपाली, पूथ्वीनारायण क्याम्पस अध्यक्ष प्रकाश वास्तोला, तनहु जिल्ला अध्यक्ष ममता रुचाल, स्याङ्जा जिल्ला संयोजक लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।दुईहजार विरुवा वूक्षारोपण गर्ने लक्ष्यका साथ सुरुभएको कार्यक्रमको पहिलो दिन १२० विरुवा रोपिएको छ ।

विद्यार्थी नेता शाही संगठनका प्रभावशाली नेतामा थिए । उनको जेठ १२ गते काठमाडौँको घट्टेकुलोमा भएको बम बिस्पोटमा परी मृत्यु भएको थियो ।