बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई पूर्वसांसद खतिवडाको सहयोग

रामेछाप, ओखलढुंगामा बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई पूर्वसांसद रामहरि खतिवडाले नगद सहयोग गरेका छन । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खतिवडाले जिल्लामा विपदमा परी ज्यान गुमाउनेका परिवारलाई १० हजार रुपैयाँका दरले नगद सहयोग गरेका हुन् ।

नेता खतिवडाले बाढी पहिरो प्रभावित परिवारका लागि विशेष कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउदै जनताहरुको प्रतिनिधि हुनुका नाताले शोकको घडीमा समवेदना स्वरुप राहत पठाएको बताए ।

मृतकका परिवारको आवश्यकताका आधार ठोस कार्यक्रम ल्याउन म सरकारसँग माग गर्दछु,’ भन्दै खतिवडाले स्थानीय सरकारले समेत आफ्नो क्षेत्रका बाढी पहिरो पीडितका लागि नतिजा मूलक काम गर्नुपर्ने बताए ।

मृतकका परिवारलाई उपलब्ध गराउनेगरि जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वसांसद खतिवडाले एक मुस्ट ५० हजार रकम उपलब्ध गराएका थिए । सडक अवरुद्ध भएकाले जिल्ला आएर सहयोग हस्तान्तरण गर्न सक्ने अवस्था नरहेकाले समिति मार्फत रकम पठाएका हुन् ।

पूर्वसांसद खतिवडा मार्फत प्राप्त रकम विपद् व्यवस्थापन समितिका पदाधिकारीले पीडित परिवारलाई हस्तान्तरण गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन ।