निरकुमार राईको स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा

बांके, प्रहरीद्वारा हत्या गरिएका नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा गरिएको छ ।जिल्ला कमिटी सदस्य विज्ञानले दिएको जनकारी अनुसार जिल्लामा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

श्रद्धाञ्जली कार्यक्रममा वोल्दै जिल्ला सेक्रेटरी सुनिल सिँहले एकिकूत जनक्रान्तीको वाटोमा लामवद्ध हुदै वैज्ञानिक समाजबादी व्यावस्था स्थापना गर्ने महाँन अभियानको क्रममा सहिद हुनु भएका कमरेड निरकुमार राई प्रसान्त लगायत दर्जनौ कमरेडहरुको वलिदानीलाई खेर जान नदिने बताए ।

उनले हतियार सँगै खेलेर राजनीति सिकेको स्मरण गराउदै नियन्त्रणमा लिएर इन्काउन्टरको नाममा कायरतापूर्ण हत्यामा नउत्रन चेतावनी दिँदै यस्तै हर्कत जारी राखे चुपलागेर नबस्नेसमेत बताएका छन् ।

असार २५ गते भोजपुर सदरमुकाममा बसेका परिवारलाई भेटन गएको बेला प्रहरीले नेकपाका नेता राइलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

असार ५ गते नक्कली भिडन्तको नाममा प्रहरीले सर्लाहीमा नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई हत्या गरेको ठिक २० दिनपछि प्रहरीले नेकपाका अर्का नेता सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा सेक्रेटरी राईकाे हत्या गरेको हो ।