बांकेमा चितुवाको आक्रमण बाट एक महिला घाईते

कोहलपुर, बांकेको राप्ती सोनारी भाभरमा चितुवाको आक्रमणमा परेर एक महिला गम्भिर घाईते भएकी छन् ।

घाईते हुनेमा राप्तीसोनारी गाउँपालिका वडा न. १ गाभरकी ३२ बर्षिय पुष्पा तामाङ हुन् ।

आईतवार जङ्गलमा च्याउ खोज्न गएको बेला चितुवाले आक्रमण गरेको हो । घाईते तामाङ सँगै रहेका अन्य महिलाहरुले हल्ला गरेपछी चितुवा भगेको थियो ।

चितुवाको आक्रमणबाट तामाङको टाउकोमा गहिरो चोट लागेको र उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रशिक्षार्थी